Sahityapost
Nabil Bank

तिलोत्तमामा ‘मेरो कविताको जन्म’ कृति लोकार्पण

Kishor Upadhyaya · पढ्ने समय: 2 मिनेट

उद्धव देवकोटा
तिलोत्तमा । तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा प्रख्यात कवि तथा समालोचक डा. मुरारि पराजुलीद्वारा रचित काव्यकृति ‘मेरो कविताको जन्म’ को लोकार्पण कार्यक्रम तथा तिलोत्तमा साहित्य सङ्गमको १९औँ शृङ्खला भव्य रूपमा सम्पन्न भएको छ ।

होराइजन गौतम बुद्ध माध्यमिक विद्यालय, तिलोत्तमा–१, ड्राइभरटोलस्थित सभाहलमा सम्पन्न कार्यक्रममा कृतिकार डा. मुरारि पराजुली स्वयंको अध्यक्षता रहेको थियो । प्रमुख अतिथिका रूपमा साहित्यकार एवं पूर्वसांसद देवेन्द्र घिमिरे उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा प्राज्ञ बूँद राना र आख्यानकार वनमाली निराकार रहनुभएको थियो । साथै पूर्वमन्त्री सोमप्रसाद पाण्डे सहित विभिन्न साहित्यिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष तथा छन्द अभियन्ता कविराज पौडेल ले राख्नुभएको थियो । कृतिमाथिको समीक्षा साहित्यकारहरू शंकर भण्डारी, माधव कुमार पौडेल र रामचन्द्र श्रेष्ठ ले गर्नुभएको थियो। समीक्षकहरूले कृतिको भाषिक सौन्दर्य, भावगाम्भीर्य र कलात्मक अभिव्यक्तिको प्रशंसा गर्दै यसलाई नेपाली काव्य क्षेत्रमा उल्लेखनीय योगदानका रूपमा व्याख्या गर्नुभयाे ।

शुभकामना मन्तव्यका क्रममा कृष्ण गाउँले, गोपाल आचार्य, रुद्र ज्ञवाली, विजय सागर, वनमाली निराकार, बूँद राना र सोमप्रसाद पाण्डे ले डा. पराजुलीको साहित्यिक योगदानको सराहना गर्दै कृतिले पाठकलाई नयाँ स्वाद दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपमा पाण्डेय, हृदयी लेकाली, कमला भण्डारी ढकाल, नारायण प्रसाद भण्डारी र उद्धव देवकोटा लगायतले आफ्ना मौलिक काव्यरचना वाचन गर्नुभएकाे थियाे । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव लिलाधर पाण्डेय ले गर्नुभएको थियो ।

तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानले ‘स्थानीय भाषा, कला तथा संस्कृतिको उत्थान’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै यस्ता कार्यक्रममार्फत साहित्य, कला र संस्कृतिको जगेर्ना गर्दै आइरहेको जनाएको छ ।

लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्...

ट्याग: test
साझा गर्नुहोस्:
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम