Sahityapost
Nabil Bank

हास्यव्यङ्ग्य निबन्ध संग्रहका लागि लेखकलाई पन्ध्र दिनको थप अवसर

Theint Dhital · पढ्ने समय: 1 मिनेट
हास्यव्यङ्ग्य निबन्ध संग्रहका लागि लेखकलाई पन्ध्र दिनको थप अवसर

काठमाडौँ । यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानले गर्न लागेको समकालीन नेपाली हास्यव्यङ्ग्य निबन्धसंग्रहका लागि रचना पठाउने मिति पन्ध्र दिन थप गरेको छ ।

‘फित्कौली’ पत्रिकासँगको सहकार्यमा प्रकाशन गर्न लागेको हास्य व्यङ्ग्य सङ्ग्रहमा धेरै लेखकहरू अटाउने उद्देश्यले समय थपिएको प्रतिष्ठानका संस्थापक नारायण भट्टराईले जानकारी दिनुभएको छ ।

समाजका विकृति र विसंगतिलाई हास्य र व्यंग्यको माध्यमबाट उजागर गर्ने उद्देश्यले यो संग्रह तयार गरिने भएको छ। भट्टराईका अनुसार, २०८२ भाद्र मसान्तभित्र समसामयिक विषयवस्तुमा केन्द्रित दुईवटा हास्यव्यङ्ग्य निबन्ध पठाउन लेखकहरूलाई आह्वान गरिएको छ।

प्रतिष्ठानले तोकेको मापदण्ड अनुसार, निबन्ध बढीमा १५ सय शब्दको हुनुपर्नेछ र त्यसमा हास्य र व्यङ्ग्यको सन्तुलित प्रयोग हुनु आवश्यक छ। जाति, धर्म, आस्था, देश, भूगोल वा राष्ट्रियताको अपहेलना गर्ने किसिमका सामग्रीहरू भने अस्वीकार्य हुनेछन्।

यो संग्रहमा हजुरबा पुस्तादेखि नाति पुस्तासम्मका लेखकहरूका निबन्ध समावेश गरिनेछ। प्रत्येक लेखकको तस्वीरसहित संक्षिप्त परिचय पनि संग्रहमा समावेश गरिने भएकाले लेखकहरूलाई आफ्नो तस्वीर र संक्षिप्त परिचय सहित तल उल्लेखित ठेगानामा पठाउन अनुरोध गरिएको छ।

नरनाथ लुइँटेल (narnath@gmail.com) राजेन्द्र कार्की (karkirajendra9@gmail.com) नारायण भट्टराई (nomanbhattarai@gmail.com)

सम्पादक मण्डलले यो संग्रहले नेपाली साहित्यमा हास्यव्यङ्ग्यको क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ र हास्यव्यङ्ग्य क्षेत्रका स्रष्टाहरूलाई यो अवसरको सदुपयोग गर्न हार्दिक अनुरोध गरेको छ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

Theint Dhital

Theint Dhital — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम