Sahityapost
Nabil Bank

बेलबारी साहित्य विकासको ‘द पोएट आइडल–२०८३’ को उपाधि प्रसानलाई

साहित्यपोस्ट · पढ्ने समय: 1 मिनेट
बेलबारी साहित्य विकासको ‘द पोएट आइडल–२०८३’ को उपाधि प्रसानलाई

बेलबारी । बेलबारी साहित्य विकास समितिले आयोजना गरेको ‘द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारले जित्नुभएको छ । बेलबारी–३ स्थित भगवती माविका छात्र परियारले १० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हासिल गर्नुभएको हो ।

बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न प्रतियोगितामा भगवती माविकी मनु राई द्वितीय, कसेनी माविकी दिनिसा कुलुङ राई तृतीय तथा भानु मेमोरियल स्कुलकी कृपा सुवेदी सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको थियो । विजेताहरूलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

समितिका अध्यक्ष रमेश निरौलाले विद्यालय तहका बालबालिकामा साहित्यिक चेतना, सृजनशीलता र अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

कवि तथा रङ्गकर्मी भरत बर्बरिक, कवि अशोक साम्पाङ (विद्रोही कान्छा) र कवि उमा सिजापती निर्णायक रहनुभएको प्रतियोगितामा कविता लेखन, वाचन, प्रस्तुति कला तथा समग्र सिर्जनात्मक क्षमताका आधारमा मूल्याङ्कन गरिएको थियो ।

प्रा.डा. भीम खतिवडाको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि, स्रष्टा, कलाकार, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कोषाध्यक्ष शिव पराजुलीले गर्नुभएको थियो ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

साहित्यपोस्ट

साहित्यपोस्ट — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम