मूल लेखक : रूडयार्ड किप्लिङ
अनुवादक : भानु छेत्री
तेस्रो खण्ड बाघ-बाघ
निडर त छौ नि गस्यौ के शिकार?
कुरेर बसे जाड़ोमा बेकार
के मार्न बस्यौ यसरी ढुक्कै ?
जङ्गलमा पस्यो त्यो त सुटुक्कै कहाँ गो तिम्रो शक्ति र सेखी?
भागेर गए सबै मदेखि
केलाई दौड़न्छौ यसरी अनि?
गुफामा पुगी मर्नलाई भनी
शिला परिषद्का झुण्डसित भएको भिडन्तपछि मोगली गाउँल बस्ने अनि खेती गर्ने स्थानतिर लाग्यो । तर त्यो स्थान जङ्गलको नै भएको हुनाले ऊ त्यहाँ बसेन, बरू घाँटीमा भएको बाटोबाट झरेर प्रायः बीस माइल जति हिँडिरह्यो अनि पहाड़को चट्टान र खाल्डोहरू मा एउटा ठूलो चउरनेर पुग्यो जसको एक छेउमा एउटा सानो गाउँ अनि छेउमा बाक्लो जङ्गल थियो । मैदानमा गाईबस्तुहरू चरिरहेका थिए । ती पशुहरूका गोठालो केटाहरूले मोगलीलाई देखे तब तिनीहरू कर भाग्न थाले अनि गाउँको छाड़ा कुकुरहरू पनि भुक्न थाले । मोगली थामिक किनभने उसलाई साह्रै भोक लागेको थियो । जब ऊ गाउँको मूल फाट पुग्यो त्यहाँ घाम डुबेपछि बाटो बन्द गर्नलाई प्रयोग गरिने काँड़ा भझ्याङलाई एकापट्टि सारेर राखिएको थियो । जब ऊ राति खाने कुराहरू खोजमा निस्कन्थ्यो तब उसले यस किसिमको अवरोध पहिला पनि व गरेको थियो । “अँ! त्यसो भए यहाँका मान्छेहरू पनि जङगली जन्तुहरू डराउँछन!” यति भनेर ऊ त्यस फाटकको छेउमा बस्यो । जब उसले एक मान्छेलाई बाहिर आउँदै गरेको देख्यो तब उसले आफ्नो मुखतिर स गर्दै उसलाई खाना चाहिएको छ भन्ने कुरा बतायो । त्यो मान्छेले मोगली निकै राम्रोसित हेस्यो अनि फर्केर गई गाउँको पूजारीलाई बोलायो जो एउटा गतिलो र पुष्टिएको मान्छे थियो जसले सेतो लुगा लगाएको थियो अनि निधारमा तिलक लगाएको थियो । पूजारीसँगसँगै अरू सैकडौँ मानिसहरू पनि त्यहाँ आए अनि मोगलीतिर इशारा गर्दै ठूलो-ठूलो स्वरमा बोल्न थाले ।
“यिनीहरूमा शिष्टता भन्ने छँदै छैन ।” उसले सोच्यो, “खैरे बाँदरहरूका जस्ता व्यवहार देखाइरहेछन् ।” उसले आफ्नो लामो केशलाई झट्कायो अनि भीड़लाई आँखा तर्दै उठ्यो ।
“डराउने के कुरा छ र?” पूजारीले भन्यो, “यसका हात र खुट्टाहरूमा भएका दागहरू हेर । ती ब्वाँसोले टोकेका दागहरू हुन् । यो एउटा ब्वाँसो बालक हो जो जङ्गलबाट भागेर आएको हो ।”
कतिपटक खेल्दाखेरि ब्वाँसोका बच्चाहरूले भुलेर उसलाई जोड़सित चिथोर्थे जसको दाग उसका हात र खुट्टाहरूमा बसेको तर ती टोकेका दागहरू भने थिएनन् । ब्वाँसोको टोकाइ कस्तो हुन्छ त्यो मोगलीलाई राम्ररी थाहा थियो ।
“अरे! अरे ! बिचरा त्यो नानीलाई ब्वाँसोले टोकेको रहेछ ।” दुईतीनजन आइमाईहरू एकैचोटि बोले, “केटो सुन्दर छ । हेर त यसको आँखा कति चम्किलो छ । साँच्चै मेसुआ, यो नानी त त्यस्तै छैन जसलाई बाघले टिपेन लगेको थियो ।”
“मलाई हेर्न देऊ ।” भन्दै नाड़ीदेखि कुहिनासम्म ताँबाका मोटो चुराहरू लगाएकी एउटी आइमाई अघि आई । उसले आँखा मास्तिर हात राखे ध्यानसित मोगलीलाई हेर्दै भनी, “अहँ, यो त्यो नानी होइन । यो हेव त्योभन्दा दुब्लो तर रूपरङ्ग भने त्यस्तै नै छ ।”
पूजारी धरै बाठो थियो । ऊ यो जान्दथ्यो कि मेसुआको लोग गाउँको सबैभन्दा सम्पन्न व्यक्ति थियो । यसकारण उसले आकाशतिर ताक गम्भीरतापूर्वक भन्यो, “जङ्गलले जे खोसेको थियो त्यो फर्काइदिएको छ नानीलाई घरमा लैजाऊ बहिनी, अनि यस पूजारीको दक्षिणा चाहिँ नभुल् है ।”
“मेरो मूल्यको रूपमा दिइएको त्यस साँदको कसम ! यी सबै कुराहरू सुनेर त यस्तो लाग्दैछ मानो म एउटा झुण्डदेखि अर्को झुण्डमा आइपुगेको छु ।” मोगलीले मनमनै सोच्यो, “जे होस मान्छेको बच्चा भएर मान्छेहरूसिते बसी मान्छे त बन्नैपर्छ ।”
मान्छेहरूको भीड़ हट्यो अनि त्यस आइमाईले मोगलीलाई आफ्नो झोपडीमा लगी जहाँ रातो रङ्गको पालिस भएका पलङ, बाहिरबाट नै झलक्क देखिने बेलबुट्टा भएको एउटा निकै ठूलो अन्न राख्ने कोठा, आधा दर्जन जति ताँबाको खाना पकाउने भाँडाकुँडा औ एउटा ताकमा कुनै हिन्दू देवताको मूर्ति राखिएको थियो अनि भित्तामा गाउँको मेलाबाट किनेर ल्याइएको ऐना झुण्डिएको थियो । त्यस आइमाईले मोगलीलाई दूध रोटी दिई अनि उसको टाउकोमा हातले सुमसुम्याउँदै उसको आँखातिर ध्यान लगाएर हेर्न थाली । शायद उसलाई लागिरहेको थियो कि बाघले टिपेर लगेको त्यो नानी जङ्गलबाट फर्केर आएको छ । उसले भनी, “नाथू, एई नाथू मोगली त्यो नामसित परिचित थिएन । “के तँलाई त्यस दिनको सम्झना छ जुन दिन मैले तँलाई नयाँ जुत्ता दिएकी थिए?”, उसले सोध्न थाली । उसले मोगलीको खुट्टालाई छामेर हेरी जो झण्डै झण्डै सिङ जस्तै कड़ा थियो । फेरि ऊ आफै दुःखी भएर भनी, “होइन यी खुट्टाहरूले कहिल्यै जुत्ता नै लगाएको छैन । तर तेरो रूपरङ्ग मेरो नाथूसित मिल्छ । तँ आजदेखि मेरो छोरा भइस् ।”
मोगली आजसम्म कुनै छानामुन्तिर बसेको थिएन त्यसैकारण उसलाई निस्सासिएको जस्तो लागिरहेथ्यो, तर उसले देख्यो कि छानामा खर छाइएको थियो जसलाई भत्काएर ऊ जहिले पनि भाग्न सक्नेछ अनि झ्यालमा पनि फलामको छड़ लगाइएको छैन । “यदि मैले मान्छेको भाषा नै बुझ्न सकिन भने म मान्छे भएको के लाभ?” उसले सोच्यो, “मेरो यहाँ त्यही अवस्था भएको छ जस्तो यिनीहरूको जङ्गलमा हुन्छ । मैले यिनीहरूको भाषा सिक्नपर्छ ।”
जब ऊ जङ्गलमा ब्वाँसोहरूसित बस्ने गर्थ्यो त्यतिखेर पनि ऊ हरिण, जङ्गली सुँगुर आदिको बोलीलाई नकल गर्ने कोशिश गर्ने गर्थ्यो कारण मेसुआले पनि जब कुनै शब्द बोल्थी तब मोगलीले पनि त्यस शब्दलाई उस्तै गरी दोहोस्याउँथ्यो । यहाँसम्म कि रात पर्नभन्दा अघि नै उसले झोपड़ीमा कतिपय चीजहरूका नाम सिकिसकेको थियो । सुत्ने बेलामा उसलाई एउटा अप्ठ्यारो पस्यो । झोपड़ीमा सुत्ने बानी उसलाई थिएन । त्यो उसलाई जन्तुहरू फसाउने जालजस्तै लाग्थ्यो । जब उनीहरूले झोपड़ीको ढोका थुने तब ऊ छटपटाएर झ्यालदेखि बाहिर निस्कियो ।
“उसले जस्तो चाहन्छ गर्नदेऊ”, मेसुआको लोग्नेले भन्यो, “यो नभूल कि ऊ आजसम्म ओछ्यानमा सुतेको छैन । यदि भगवान्ले साँच्चै नै उसलाई हाम्रो छोरा बनाएर पठाएका हुन् भने ऊ भागेर कतै पनि जाने छैन ।”
मोगली गएर चउर छेउमा भएको सबैभन्दा स्वच्छ र बाक्ला घाँसमाथि गई पल्टियो । उसले आँखा झप्काउन मात्र के आँटेको थियो कि उसलाई आफ्नो च्यापूमुन्तिर कुनै जन्तुको फुस्रो रङ्गको नरम नाकले छोएको जस्तो लाग्यो ।
“अहो!” फुसे भाइ (त्यो आमा ब्वाँसोको बच्चाहरूमध्ये सबैभन्द जेठो थियो)-ले भन्यो, “बीस माइलदेखि म तेरो पिछा गर्दै आइरहेछु । तेर जिउबाट त अहिलेदेखि नै मान्छेको गन्ध आइरहेछ दाउरा बालेक धुवाँको र गाईबस्तुको । छिटो उठ् सानो भाइ ! मैले तेरो लागि एउटा खब ल्याएको छु ।”
सोध्यो । “जङ्गलमा सबै ठीकठाक छ त?” मोगलीले उसलाई अँगाल”रातो फूलले पोलिएका ब्वाँसोहरूबाहेक अरू सबै ठीकठाक छन्न सुन् शेर खानको ठाउँ-ठाउँको छाला जबसम्म निको हुँदैन तबसम्मव लागि शिकारको निहुँ पारेर त्यो धेरै टाढ़ो गएको छ । अनि त्यसले कस खाएको छ कि फर्केर आएपछि तँलाई मारेर तेरा हड्डीहरू वेणगङ्गामा बगाइवि छ ।”
“एउटा सानोतिनो कसम त मैले पनि खाएको छु… जे होस् सधैं मलाई खबर दिइरहनू ।” खबरहरू पाएकै राम्रो । आज म थाकेको छु मेरो जीवनमा जुन नयाँ भएको छ तिनीहरूले मलाई साह्रै थकाइदिएका छन्, फुसे भाइ । “तँ हामी ब्वाँसोहरूमध्येको एक होस् भन्ने कुरो त भुल्दैनस् होल नि? मान्छेहरूसित रहँदा बस्दा यो कुरो नभुल्नू ।” फुसे भाइले चिनिन भएर भन्यो । “कहिल्यै पनि भुल्ने छुइनँ । म तँलाई र हाम्रो गुफाको स सदस्यहरूलाई धेरै माया गर्छु अनि तिमीहरू सबैलाई सधैं सम्झिरहनेछ तर मलाई यस कुराको पनि सम्झना रहनेछ कि म झुण्डबाट निकालिएक छु ।”
“यो पनि याद राख्नू कि यस झुण्डका मान्छेहरूले पनि तँलाई निकाल्न सक्नेछन । मान्छे त आखिर मान्छे नै हो सानो भाइ, अनि तिनीहरूक कुरा पनि पोखरीको भ्यागुताको झैँ हुन्छ । म अर्कोपटक जब तँलाई भेल आउँछु तब यस चउरको पल्लो छेउमा भएको बाँसघारीमा तँलाई पर्छ बस्नेछु ।”
त्यसपछि तीन महिनासम्म मोगलीले त्यस गाउँमा बसेर खूबै मन लगाएर गाउँलेहरूका रहन-सहन र अन्य आवश्यक कुरोहरू सिकिरह्यो । सबैभन्दा पहिला उसले धोती लाउन सिक्न पस्यो जो उसलाई साहै झर्क लाग्थ्यो । उसले रुपियाँ पैसाको विषयमा पनि जानकारी हासिल गर्न पस्यो जसको ज्ञान उसलाई पहिला पटक्कै थिएन । उसलाई खेत जोत्न पनि सिकाइयो जुन काम उसलाई एकदमै बेकारको लाग्यो । गाउँका मसिना नानीहरूले उसलाई साहै गिजाउँथे । भाग्यवश जङ्गलमा उसले आफ्नो स्वभाव र व्यवहारमा नियन्त्रण राख्ने शिक्षा पाएको थियो । जङ्गलमा त जीवन र भोजन दुवैको रक्षा औ प्राप्तिका निम्ति धैर्य राख्नु साहै आवश्यक ठानिन्थ्यो । तर जब यी गाउँका नानीहरूले उसले चङ्गा नउड़ाएकोमा बा
अरू कुनै खेल नखेलेकोमा अर्थात् कुनै शब्द भूल बोलेमा उसको हाँसो उड़ाउन थाल्थे तब उसलाई तिनीहरूलाई उठाएर भाँची दुई टुक्रा पारिदिने मन हुन्थ्यो तर यस्तो समयमा उसलाई ससाना असहाय बच्चाहरूलाई मान कायरता हो भन्ने जङ्गलको कानूनको सम्झना हुन्थ्यो । उसलाई आफ्नो शारीरिक व्यक्तित्वको कुनै अनुमान थिएन । जङ्गलमा उसलाई पशुहरूका तुलनामा कमजोर मानिन्थ्यो तर गाउँमा मान्छेहरूले भन्ने गर्थे कि ऊ साँढ़ मैं बलियो छ ।
मान्छेहरूमाझ भएको जातपातका भेद सम्बन्धमा पनि मोगलीलाई कुनै जानकारी थिएन । जब कुम्हालेको गधा माटाको खाल्डोमा गई लड्यो तब मोगलीले त्यसको पुच्छर समातेर बाहिर निकाल्ने अनि छेउको गाउँको हाटमा बेच्न लैजानका निम्ति माटाका भाँडाहरूलाई राम्ररी मिलाएर राख्नमा कुम्हालेलाई सहायता गस्यो । तर उसको यस कामलाई अनुचित ठानियो किनभने कुम्हालेलाई सानो जातको मानिन्थ्यो अनि उसको गधाको त कुरा नै थिएन । जब पूजारीले उसलाई यस विषयमा हपास्यो तब मोगलीले उसलाई पनि गधामा चढ़ाइदिने धम्की दियो । पूजारीले मेसुआको लोग्नेलाई पोल सारिदियो अनि मोगलीलाई चाँडोभन्दा चाँड़ो कुनै काममा लगाइदिनपर्छ भन्ने सल्लाह दियो । यसको परिणामस्वरूप गाउँको मुखियाले मोगलीलाई भन्यो कि भोलिदेखि उसले उसको भैंसी चराउन लैजाने गरोस् । मोगली यस कुरोले साहै खुशी भयो । किनभने अब ऊ पनि गाउँको कामकाज गर्ने मान्छेहरूका श्रेणीमा गनिन थालिएको थियो, त्यसैकारण प्रत्येक साँझ बस्ने गाउँको बैठकमा पनि ऊ सामेल हुन थाल्यो । यो बैठक एउटा निकै ठूलो बाक्लो नेभाराको रूखमुन्तिर बनाइएको पक्का फलैंचामा लाग्ने गर्थ्यो । य एकप्रकारले गाउँको क्लबघरजस्तै थियो, जहाँ थियो गाउँको मुखिया गाउँको चौकीदार अनि हजाम जसले गाउँमा भइरहेको प्रत्येक घटनाक जानकारी राख्ने गर्थ्यो अनि गाउँको शिकारी बूढ़ो बलदेव, जोसित बन्दुक पनि थियो, मिलेर बैठकमा बस्थे अनि हुक्का पिउँदै गफिन थाल्थे । रूखक माथिल्ला हाँगाहरूमा बाँदरहरू बसेर बात मारिरहन्थे अनि फलैंचामा भएक एउटा प्वालमा एउटा कालो नाग वास गर्ने गर्थ्यो जसलाई पवित्र र पूज् मानेर त्यहाँ मान्छेहरूले दिनहुँ एउटा सानो बटुकामा दूध चढ़ाउने गथ् बैठक निकै रातिसम्म चलिरहन्थ्यो जहाँ तिनीहरूले देवता-देवी, मान्छे भूत आदिका विषयहरूमा निकै रोचक कथाहरू सुनाउने गर्थे । बलदेव जङगली जन्तुहरूका विषयमा यस्ता अचम्मका घटनाहरू सुनाउँथ्यो कि त्यहाँ भेला भएर उसलाई सुन्दै गरेका नानीहरूका आँखा आश्चर्यले फारिन्थे । जङ्गल गाउँको नजिकै भएको हुनाले धेरै जसो कथाहरू जङ्गली जन्तुहरूका विषयमा नै भनिने गरिन्थ्यो । हरिण र जङ्गली सुँगुरले तिनीहरूका फसलहरू नष्ट पारिदिन्थे अनि बाघले कतिचोटि गोधूलिको समयमा आएर मान्छेलाई समेत टिपेर लैजान्थ्यो ।
मोगली जोसित जङ्गली जन्तुहरूका विषयमा बलदेवभन्दा अधिक जानकारी थियो, यस्तो स्थितिमा उसले आफ्नो हाँसो लुकाउनका निम्ति मुख घुमाउँथ्यो नभए आफ्नो अनुहार छोप्ने गर्थ्यो । बलदेवले आफ्नो घुँडामाथि बन्दुक राखेर एकपछि अर्को गर्दै यस किसिमका रोचक घटनाहरू सुनाउँदै जान्थ्यो अनि मोगलीले आफ्नो हाँसोको वेग थाम्न नसकेर उसका काँधहरू हल्लिरहन्थ्यो ।
बलदेवले बताइरहेको थियो कि मेसुआको छोरालाई टिपेर लैजाने बाघ एउटा भूत बाघ थियो जसको शरीरमा केही समयअघि मरेको एउटा बूढ़ो साहुकारको दुष्टात्माको वास थियो । “अनि म ठोकेर भन्न सक्छु कि कुरा साँचो हो”, उसले भन्यो “किनभने पुरणदास अर्थात् साहुकारको बहीखातामा एउटा दङ्गामा आगो लगाइएको थियो अनि मुक्का खाएर लड़ेको थियो औ त्यसपछि ऊ लङ्गड़ो भएको थियो । मैले चर्चा गरिरहेको बाघ पनि लङ्गड़ो नै छ । त्यसको खुट्टाको निशान एकसमान छैन ।”
“कुरा एकदम ठीक हो ।” अरू बूढ़ाहरूले पनि टाउको हल्लाएर समर्थन गरे ।
“के यी सबै कथाहरू माकुराको जाल झैँ यसरी नै बुनिएका हुन्?”, मोगलीले भन्यो, “त्यो बाघ लङ्गड़ाउँदै यसैकारण हिँड्थ्यो कि त्यो जन्मदेखि नै लङ्गड़ो थियो । यो कुरा सबैलाई थाहा छ । त्यो स्यालभन्दा पनि कायर जनावरमा साहुकारको आत्माको कल्पना गर्नु भनेको बगमखुसे कुरा गर्नु जत्तिकै होइन र?”
उसको यो कुरा सुनेर बलदेव एकक्षणका निम्ति आश्चर्यले उ बन्यो अनि मुखियाले मोगलीतिर नियालेर हेस्यो ।
“एई! यो जङ्गली केटो पो बोलेको!” बलदेवले भन्यो, “यदि तँ त्यतिकै बुद्धिमान छस् भने गएर त्यसको छाला लिएर आइज । सरकारले त्यसलाई मार्ने मान्छेका निम्ति सय रुपियाँको इनाम राखेको छ । अनि एउटा कुरा ध्यानमा राख्, ठूला मान्छेहरूका बीचमा यसरी बोल्ने नगर्!”
मोगली जानुका निम्ति उठ्यो । “म अघिदेखि ढल्किएर यहाँ यी सबै कुराहरू सुनिरहेछु ।” उसले हिँड्दाहिँड्दै पछि फर्केर भन्यो, “बलदेवले जङ्गलको विषयमा जति पनि कुराहरू गस्यो त्यसमा एकदुईवटा बाहेक सबै झूठो हो, जब कि जङ्गल हाम्रो गाउँसितै टाँसिएको छ । उसले सुनाएको भूतप्रेत अनि देवता-देवीका कथाहरू सबै साँचो हुन् भन्ने कुरामाथि कसले विश्वास गर्छ र?” बलदेव उसको यस धृष्टतामाथि खूबै रिसायो ।
अधिकांश भारतीय गाउँहरूमा यस्तो प्रथा थियो कि केही केटाहरूलाई बिहान झिसमिसेमा नै गाउँलेहरूका गाईबस्तुहरू जम्मा गरेर चराउनका निम्ति बाहिर पठाउँथे अनि राति तिनीहरूलाई घेरेर फर्काइल्याउँथे । ती पशुहरूले पनि कम ठूला र गतिला मान्छेहरूलाई टेर्दैनथे तर बढ़ेर मुश्किलसित ती पशुहरूका नाकसम्म आइपुग्ने ती केटाहरूका हप्काइमा भने लुरूक्क पर्थे । ती केटोहरू पनि गाईबस्तुको झुण्डसित सुरक्षित रहन्थे किनभने बाघले पनि पशुहरूका झुण्डमाथि आक्रमण गर्दैन थियो । तर यदि कुनै कारणवश एकलो भयो भने कहिलेकाहीँ बाघले उसलाई टिपेर लैजान्थ्यो । मोगलीले जब एकाबिहानै तिनीहरूलाई चराउन लैजान्थ्यो तब ऊ झुण्डको सबैभन्दा बलियो साँढ़ रमाको पिठ्यूमा बस्थ्यो । ऊ अघि बढ्नेबित्तिकै कुद्ध आँखा, पछिल्तिर बट्टारिएको सिङ र सिलेटी-नीलो रङ्ग भएका सबै भैंसीहरू आ-आफ्ना गेटहरूबाट निस्केर पछि लाग्थे । मोगली सबै गोठालाहरूका
मुखिया बनेको थियो । उसले आफ्नो हातमा बाँसले बनिएको एउटा पालिसदार लट्ठी राख्थ्यो जसलाई भैंसीहरूलाई पिट्ने काममा लाउँथ्यो । उसले अर्को एकजना गोठाला काम्यालाई पनि भैंसीहरूलाई आफ्नो इच्छाअनुसार चन् दिनू भनिराखेको थियो, यति हो सधैं झुण्डसितै रहोस् ।
भारतको चरन चट्टान, ठूल्ठूला झ्याङ अनि खाल्डोहरूले भरिएक हुन्छ । यस्ता ठाउँमा छरपष्ट भएर चरिरहेका पशुहरू कतिचोटि आँखादेखि
ओझल बन्न पुग्छन् । भैंसीहरू प्रायः पोखरी वा हिलोले भरिएका खाल्डो जान रूचाउँछन जहाँ तिनीहरू घण्टौँसम्म तातो दलदलमा लि गरिरहन्छन् । मोगलीले तिनीहरूलाई चउरछेउपट्टि लग्यो जङगलभित्रबाट भएर वेणगङ्गा बगेर आइपुग्थ्यो । त्यहाँ पुगेर ऊ रमा सौद पिठ्यूँबाट ओर्लियो अनि बाँसघारीमा गएर फुसे भाइसित भेट गस्यो । ” फुसे भाइले भन्यो, “म धेरै दिनदेखि दिनहुँ यहाँ आएर तेरो बाटो हेरि यो चराउने काम तैंले केका निम्ति गरेको?”
“केही समयका निम्ति मलाई यही काम दिइएको छ ।” मोगल भन्यो । “शेर खानको के खबर छ त?”
“त्यो फेरि यतैतिर आएको थियो अनि धेरै समयसम्म तँलाई पर्छ हेरेपछि फेरि फर्केर गयो किनभने यतातिर शिकार भेट्न धेरै कठिन थिए जे भए पनि त्यो तँलाई मार्न सुर्रिएको छ ।”
“धेरै राम्रो ।” मोगलीले भन्यो, “त्यो बाहिर रहुञ्जेलसम्म है । तिमीहरू चार भाइमध्ये कोही एकजना त्यो शिलामाथि गएर बस्ने जसमा कि म यो गाउँबाट बाहिर निस्कनेबित्तिकै तिमीहरूलाई देख्न सकूं शेर खान अहिले फर्किएको रहेनछ भन्ने कुरा बुझ्न सकूँ अनि त्यो फर्म आएपछि मैदानको माझमा स्थित पलाँसको रूख नजिकको खाल्डोमा लुके मलाई पर्खिरहनू । हामी नाहकमा शेर खानको शिकार किन बन्नु?”
त्यसपछि मोगली एउटा सियाँल परेको ठाउँ हेरेर त्यहाँ अनि भैंसीहरू चरिरहे । चराउने काममा निकै आराम मिल्थ्यो । गाईवर आफै चरिरहन्थे । तिनीहरू कहिले बस्थे अनि कहिले यताउता भैंसीहरू त त्यति कराउँदैन पनि थिए । तिनीहरू एक-एक गर्दै हिले दहन भित्रसम्म नै पस्थे । बाहिरबाट तिनीहरूको थुतुना र घुरेर हेरिरहेको नील आँखा मात्र देखिन्थ्यो । तिनीहरू नहल्ली नै काठको निर्जीव लड्डी झैँ घण्टौँसन
त्यो हिलोमा बसिरहन्थे । यस्तो मध्यान्हमा मास्तिर कतै टाढ़ो आकाशन घुमिरहेको कुनै चीलको सिटी एक-एक छिनमा सुनिने गर्थ्यो । चराज केटाहरू सबैलाई यो थाहा थियो कि यदि तिनीहरू वा तिनीहरूक जन्तुहरूमध्ये कोही मरे त्यो चील तुरन्तै झम्टिएर तल आउनेछ अनि कोर टाढा भएका चीलहरू पनि ऊ झम्टिएको देखेर तेज गतिमा त्यहाँ आइपुग्नेछन अनि यसरी हेर्दाहेर्दै त्यो मान्छे वा जन्तुको पूर्णरूपले प्राण जानअघि नै कहाँबाट हो कहाँबाट भोका चीलहरूका झुण्ड त्यहाँ जम्मा हुनेछन् । यसैकारण तिनीहरू एकपछि अर्को गर्दै कहिले सुत्थे औ कहिले जागेर बस्थे अनि आफ्नो मन भुलाउनका निम्ति कहिले सुक्खा घाँसका टुक्राहरूबाट मसिना डालाहरू बुन्थे अनि फटेङ्ग्राहरू समाती त्यसमा राखिदिन्थे कि त दुईवटा नमस्ते किराहरू समातेर त्यसभित्र हाली एकार्कालाई जुझाउँथे, कि त राता र काला दानाहरू टिपी माला गाँस्न थाल्थे, वा ढुङ्गामाथि उत्तानो परेर घाम तापिरहेका छेपाराहरूलाई हेरेर आनन्द लिन्थे, कि कुनै खाल्डोनेर गई भ्यागुतोलाई साँपले आफ्नो शिकार बनाएको हेरिरहन्थे । कहिले तिनीहरू पुराना गाउँले धुनहरू गुनगुनाउँथे, त कहिले माटाका घरहरू बनाउन थाल्थे । माटाको किल्ला बनाएर त्यसमा माटोकै मान्छे, घोड़ा र भैंसीहरू बनाएर राखिदिन्थे, राजा र उसको सेना बनाइदिन्थे, मन्दिर बनाएर तिनमा देवीदेवता पनि बनाएर राखिदिन्थे । अन्त्यमा जसोतसो गरी लामो दिन बित्थ्यो अनि साँझ पर्न थाल्थ्यो तब तिनीहरू भैंसीहरूलाई डाक्न थाल्थे । तिनीहरूले डाकेको सुनेर भैंसीहरू कराउँदै एकपछि अर्को गर्दै हिले दहबाट बाहिर निस्कन्थे औ लहरमा उभिएर चउर छाड़ी गाउँको टिलपिल बलिरहेका बत्तीहरूका दिशातर्फ लाग्थे ।
मोगलीले यसरी भैंसीहरूलाई दिनहुँ तिनीहरू खेल्ने हिले दहमा लगिरह्यो । चउरपारि डेढ़ माइलजति टाढामा उसले शिलामाथि बसेको फुसे भाइका ढाड़ देख्यो र शेर खान अहिले फर्केको छैन भन्ने कुरा बुझिहाल्थ्यो । ऊ घाँसमा पल्टेर यताउताका आवाजहरू सुनिरहन्थ्यो अनि उसले जङ्गलमा बिताएका पुराना दिनहरूका सपनामा मग्न रहन्थ्यो । यदि शेर खान वेणगङ्गा नजिकका जङ्गलहरूमा लङ्गड़ाउँदै घुमिरहेको भए त्यस्तो सुनसान बिहानमा त्यसै पनि त्यसको पद्याप सुनिन्थ्यो ।
अन्त्यमा त्यो दिन पनि आयो जुन दिन उसले आफ्नो फुसे भाइलाई तोकिएको ठाउँमा देखेन । ऊ हाँस्यो अनि भैंसीहरूलाई घेरेर पलाँसको रूख नजिकको खाल्डोतिर लग्यो जहाँ थुप्रै सुनौला राता फूलहरू फुलेका थिए । फुसे भाइ त्यहाँ बसेको थियो अनि डरले आतङ्कित भएर उसको ढाड़का भुत्लाहरू ठाड़ो भएका थिए । हिजो राति तबाकीसित फटाफट जङ्गल पार गरेर त्यो तेरो आ “त्यसले तँलाई फसाउनका निम्ति एक महिनादेखि लुकेर बस जाने बाटो विचार्न आएको थियो”, फुसे भाइले स्याँस्याँ हुँदै मन्या “मलाई शेर खानसित डर लाग्दैन ।” मोगलीले आँखा तर्दै भन “तर तबाकी साहै धूर्त छ ।”
“तँ नडरा ।” फुसे भाइले आफ्ना ओठहरू जिब्रोले खेलाउँदै मन् “मैले बिहान तबाकीलाई भेटेको थिएँ । हिजआज त्यो चीलहरूलाई आर दाउपेच सिकाइरहेछ । तर मैले त्यसको ढाड़ भाँच्नअघि नै त्यसले सबै कुर बक्यो । शेर खानले आज बेलुकी गाउँको फाटकमा तँलाई पर्खने योजन गरेको छ । त्यो तँसित एकलै भेट्न चाहन्छ । अहिले त्यो वेणगङ्गाको द सुक्खा र साँघुरो घाँटीमा पल्टिरहेको छ ।”
“त्यसले आफ्नो मुँड़ी भरेको छ कि भोकै छ?” मोगलीले सोध जीवन मरणसित सम्बन्धित भएको हुनाले यस प्रश्नको उत्तर अत्यन महत्त्वपूर्ण थियो ।
“बिहान त्यसले एउटा सुँगुरको शिकार गरेको थियो । खाइपिइक पल्टिएको छ । एउटा कुरा याद राख् कि शेर खान कहिल्यै पनि भोको बस सक्तैन प्रतिशोधका निम्ति पनि सक्तैन ।”
“मूर्ख हो, त्यो मूर्ख । त्यसमा यतिसम्म पनि बुद्धि छैन, खाएर दुई बसेको छ अनि त्यो सुतेर नउठुञ्जेलसम्म म त्यसलाई पर्खेर बसिरहन् भन्ने सोच्छ ! जे होस्, कहाँ छ त्यो? यदि हामी दशजना मात्र पनि भएका हु हो त त्यसलाई निन्द्राबाट नै घिसारेर पछार्न सक्ने थियौँ । यी भैंसीहरूले त्यसको वरिपरि गोलो घेरा हाल्न पाए भने मात्र त्यसमाथि जाइलाग्न सक्नेछन, अनि म यिनीहरूकै बोलीमा यिनीहरूलाई निर्देश दिन सक्तिन हामीहरूले यिनीहरूलाई त्यो आएकै बाटोमा लगे कसो होला, जसमा वि यिनीहरूले त्यसको गन्ध सुँघेर चिन्न सकोस् ?”
“त्यसले अघिबाट नै यसको उपाय गरिसकेको छ । त्यो धेरै टाढाबाट वेणगङ्गा तरी यहाँ आएको छ ।” फुसे भाइले भन्यो ।
“त्यसलाई यो उपाय निश्चय पनि तबाकीले दिएको हनपर्छ त्यो
चलाख छ भन्ने कुरो मलाई थाहा छ । शेर खान आफैले यस्तो उपाय सोच्न सक्तैन ।” मोगलीले मुखमा औंली हालेर सोध्न थाल्यो, “वेणगङ्गाको ढाल परेको घाँटी तल चउरनेर पुगेर खुलिन्छ जो यहाँदेखि आधा माइल जति पनि पर्दैन । मैले आफ्ना पशुहरूको झुण्डलाई जङ्गलको बाटोबाट लगेर घाँटीको मुखमा पुगी यिनीहरूलाई घाँटीभित्र हाँकिदिएँ भने? तर त्यो घाँटीको पुच्छरबाट निस्किएर भाग्नेछ । हामीहरूले त्यो बाटो बन्द गरिदिनुपर्छ । फुसे भाइ, तैंले एउटा काम गर् । के तँ यी पशुहरूका झुण्डलाई दुई भागमा बाँड्न सक्छस्?”
“म त शायद सक्तिनँ – तर मैले आफूसित एकजना अनुभवी र बुद्धिमान सहायकलाई साथमा लिई आएको छु ।” यसो भन्दै त्यो एउटा खाल्डोभित्र पस्यो अनि त्यहाँबाट एउटा ठूलो टाउको बाहिर निस्कियो जसलाई मोगलीले खूबै राम्ररी चिन्दथ्यो । त्यो ‘अकेला’ थियो । “अरे अकेला !” उसले भन्यो, “तैंले मलाई भुल्नेछैनस् भन्ने कुरो म जान्दथे । हामीहरूले एउटा ठूलो काम गर्नु छ । यस झुण्डलाई दुई भाग बाँड़िदे त । गाई, भैंसी र तिनका बच्चाहरूलाई एकपट्टि अनि साँद र जोत्ने भैंसीहरूलाई अर्कोपट्टि ।
दुई ब्वाँसोहरूमध्ये एकजना झुण्डभित्र पस्थ्यो औ अर्को बाहिर निस्कन्थ्यो । यस्तै प्रकारले हेर्दाहेर्दै तिनीहरूले पशुहरूका झुण्डलाई दुई भागमा बाँडिदिए । एउटा हूलमा गाई-भैंसी अनि माझमा तिनीहरूका बाछाबाछी थिए जो रिसले घुर्दै ब्वाँसोहरू थामिएका खण्डमा लात हिर्काई मार्न तयार थए ।
अर्को हूलमा साँढ़ र भैंसीहरू थिए जो क्रुद्ध भएर नाक बजाउँदै आफ्नो खुट्टा बजारिरहेका थिए अनि डरलाग्दा देखिँदै थिए । तर वास्तवमा तिनीहरू ती माउ गाई-भैंसी झैँ खतरनाक थिएनन् किनभने तिनीहरूमाथि आफ्नो बच्चाको रक्षाको जिम्मेवारी थिएन । छजना मान्छेहरू मिलेर पनि यी शुका झुण्डलाई यति स्पष्टसित विभक्त गर्न सक्ने थिएनन् ।
“अब के गर्नु छ?” अकेलाले स्याँ… स्याँ… हुँदै भन्यो, “अकेला यी चाँदहरूका हूललाई देब्रेतिर फर्काइदे अनि फुसे भाइ, तैंले हामी गएपछि यी गाई-भैंसीको हूललाई घाँटीको पुच्छरतिर हाँकिदिनू ।”
“कति टाढासम्म?” फुसे भाइले स्याँ स्याँ… हुँदै सोध्यो । “जबसम दुवैतिरको उँचाइ शेर खानले हाम फालेर नाँघ्न नसक्ने बन्दैन ।” मोगलीले कराएर भन्यो, “जबसम्म हामी तल नपुगिजेलसम्म तिनीहरूलाई त्यही राख्नू ।” अकेला र फुसे भाइले भने जस्तै गरे । दुवै हूलहरू तेजीसित आ-आफ्ना लक्ष्यहरूतिर बढ़िरहेका थिए ।
“मैले मेरो जमानामा केही गाईबस्तुका शिकार पनि गरेको हूँ । अकेलाले लामो लामो श्वास फेर्दै भन्यो, “के म यिनीहरूलाई जङगलपाई फर्काइदिऊँ?”
“अँ, फर्काइदे । छिटो-छिटो गर् । रमा आवेगमा आइसक्यो । यदि मैले यसलाई के गर्नपर्ने हो भन्ने कुरो सम्झाउन सक्नेभए ।”
भैंसी र साँढ़हरूलाई जङ्गलको दिशातिर फर्काइयो । अरू गोवाला केटाहरू, जसले आधा माइलबाट यी सबै हेरिरहेका थिए, गाईबस्तुहरू पग्ला भएर यताउता दौडिरहेछन् भनेर कराउँदै वेगसित दौड़िएर गाउँतिर लागे ।
मोगलीको योजना एकदमै स्पष्ट थियो । शेर खान जुन घाँटीमा थियो त्यहाँ त्यसलाई गाईबस्तुहरूद्वारा घेरेर ऊ घाँटीको मुखनेर पुग्न चाहन्थ्यो अनि फेरि साँदहरूलाई तेजीसित घाँटीभित्र दौड़ाउन चाहन्थ्यो । जसमा कि शेर खान भैंसी साँद अनि गाईबस्तुका हूलमाझ घेरिन पुगोस् । उसलाई थाहा थियो कि यत्तिको खाइसकेपछि शेर खान न त भिड़िन सक्थ्यो न घाँटीको पहरामाथि चढेर बाहिर निस्कन सक्थ्यो । मोगलीले अहिले गाईबस्तुलाई थमथमाइरहेथ्यो अनि अकेला पछिल्तिरको भागमा गएको थियो । घेरा निकै ठूलो थियो अनि तिनीहरू शेर खानको समीपमा पुगी उसलाई सतर्क पार्न चाहँदैनथिए । घाँटीको मुखमा पुगेर मोगलीले आफ्नो पशुको हूललाई एउटा घाँस भएको ठाउँमा थाम्यो जो अलि ओह्रालो परेको थियो र सोझै घाँटीभित्र पुग्थ्यो । त्यस उच्चताबाट रूखका टुप्पाहरूदेखि लिएर तलतिरको मैदान इत्यादि सबै देखिँदैथियो । तर मोगलीको ध्यान घाँटीको दुवैपट्टिको छेउतिर थियो अनि उसलाई यो देखेर सन्तोष लाग्यो कि तिनीहरू सोझै माथिबाट तलतिर गइरहेका थिए । त्यहाँ झुण्डिएका लहराहरू पनि त्यस्ता थिएनन् जसमा चढेर कुनै बाघ भाग्न सकोस् ।
“अकेला यिनीहरूलाई केही क्षण बिसाउन दे ।” उसले आफ्नो हात उठाएर अकेलालाई भन्यो, “हामीहरूले शेर खानलाई घेरिसक्यौँ । अब त्यसलाई सङ्केत्त पनि दिनपर्छ ।” कुनै सुरूङ्गभित्रबाट कराए झैँ गरी उसले मुखमा हात राखेर घाँटीभित्रबाट ठूलो स्वरमा करायो । उसको आवाज भित्र पहराहरूमा ठोक्किएर घाँटीभित्र नै गुञ्जियो । धेरै समयपछि त्यसको उत्तर आयो- अघाउञ्जेल खाएर गहिरो निन्द्राबाट ब्यूँझाइएका बाघको अनिँदो र झर्को मानेको घुर्राई ।
“को हो त्यो कराउने?” उसले सोध्यो अनि एउटा सुन्दर मयूर चिच्याउँदै घाँटीबाट निस्किएर उड्यो ।
क्रमश:
(भानु छेत्रीको अनुवादमा रहेको विश्वप्रसिद्ध पुस्तक ‘जङ्गल बूक’ पुस्तकबाट)

