Sahityapost
Nabil Bank

गजल : के अँध्यारो के उज्यालो

शीतल घिमिरे 'प्रतिविम्ब' · पढ्ने समय: 1 मिनेट
गजल : के अँध्यारो के उज्यालो

दीप बालेँ मौनतामा के अँध्यारो के उज्यालो झुम्मिए पुतली शिखामा के अँध्यारो के उज्यालो ।

देख्न चाहेनौ खुसी मेरो कुनै दिन जिन्दगीमा चाँदनी आइन् घडामा के अँध्यारो के उज्यालो ।

देखियो औकात तिम्रो बोल्न छाडेँ आजबाट भ्यागुता बस्छन् कुवामा के अँध्यारो के उज्यालो ।

प्रेममा अन्धो भएको हेर्न चाहन्छन् मलाई जिउन थालेँ बाध्यतामा के अँध्यारो के उज्यालो ।

हेर्न पाए धन्न तिम्रो ओठको मुस्कान सजिलै सल्कियो आगो धरामा के अँध्यारो के उज्यालो ।

थिच्न थाल्यो जिन्दगीमा दुःखका भारीहरूले यो बिहानीको उषामा के अँध्यारो के उज्यालो ।

आत्तिने तिम्रो कला हो हर खुसीमा दौडिँदै छौ डुब्न थालेँ कल्पनामा के अँध्यारो के उज्यालो ।

मूलढोका बन्द गर्दा झ्यालमा चम्किन्छ तारा, मौन भो शीतल निशामा के अँध्यारो के उज्यालो।

साझा गर्नुहोस्:

लेखकको बारेमा

शीतल घिमिरे 'प्रतिविम्ब'

शीतल घिमिरे 'प्रतिविम्ब' — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम