Sahityapost
Nabil Bank

मोगलीको कथा(५)

Sahityapost · पढ्ने समय: 13 मिनेट
मोगलीको कथा(५)

मूल लेखक : रूडयार्ड किप्लिङ

अनुवादक : भानु छेत्री

दोस्रो खण्ड ‘का’-को शिकार

“हाम्रो रगत एउटै हो तेरो र मेरो”, मोगलीले तुरन्तै साँपहरूका सङ्केत शब्द बोल्दै भन्यो। आफ्नो चारैतिर फिँजिएका मैलाहरूमा साँपहर 2 चलमलाएका र स्याँक-स्याँक गरेका आवाजहरू सुनिदै थियो। उसले सङ्केत्त शब्दलाई दोहोरायो। यो सुन्नेबित्तिकै साँपहरूमाथि जादूको मैं असर हुन पुग्यो । स्याँक्क ! सबैजनाले आफ्नो फण तल झुकाए । दबिएको स्वरमा आवाज आयो । भारतमा सबै खण्डहरहरू कुनै न कुनै दिन साँपहरूका f वासस्थान बन्न पुग्छन् । त्यस पुरानो खण्डहरमा पनि केही विषालु काल नागहरू बस्ने गर्थे। “चुपचापसित उभिरहन्, सानो भाइ नत्र तेरो खुट्टाले हामीहरूलाई चोट लाग्न सक्छ।” तिनीहरूले भने।

मोगलीले जतिसक्दो नहल्ली एकै ठाउँमा उभिएर जालीबाट चियाउँ कालो चितुवा र बाँदरहरू माझ भएको भिड़न्तको डरलाग्दो आवाज सुनिरह्यो बाँदरहरूका ख्याँक-ख्याँक, खुक-खूँक र हुँकारको आवाज अनि बघेराक गम्भीर र डरलाग्दो घुस्याइ स्पष्ट रूपमा सुनिँदै थियो। आफू जन्मेदेखि अहिलेसम्मको समयमा आज पहिलोचोटि बघेराले यस्तो ज्यानमार युद्ध लडिरहेथ्यो ।

“बघेरा एकलै त आएको होइन होला, भालु पनि सँगै होला” मोगलीले सोच्यो अनि ठूलो स्वरमा कराउँदै भन्यो, “तलावमा बघेरा तलावमा हाम फाल। पल्टिँदै गएर तलावको पानीमा हाम फाल।”

मोगलीले यसरी कराएको सुनेर ऊ सुरक्षित रहेछ भन्ने कुराले बघेर ढुक्क भयो, अनि उसमा नयाँ आँट र फुर्ती आयो। ऊ भिदिँदै एक एक इञ सर्दै तलावतिर बढ्न थाल्यो। त्यति नै खेर जङ्‌गलपट्टिको भत्किएक देवालतिरबाट भालुको युद्ध घोषणाको गड़गड़ाउँदो आवाज सुनियो जतिसक्दो छिटो हिँडेको भए पनि भालु यो भन्दा छिटो आउन सक्दैन थियो। “बघेरा!”, उसले कराएर भन्यो, “म आइपुगेको छु। चाँडै देवाल नाघेर आइरहेछु। अरे.रे.रे.रे! मेरो खुट्टा मुन्तिरबाट ढुङ्गा सुल्किँदैछ। ए दुध बाँदरहरू! बदमाशहरू! पर्खी आउँदैछु।” ऊ स्याँ… य… गर्दै कुनै मुश्किलसित चढ़ेर कौसीमा पुगेको मात्र के थियो कि बाँदरहरूको एउटा हूलले आए उसलाई नराम्रो प्रकारले घेस्यो। तर ऊ आफ्ना पछिल्ला खुट्टाहरूका भरमा बस्यो अनि आफ्नो अघिल्लो पञ्जाले जति बाँदरहरूलाई समात्न सक्थ्यो तिनीहरूलाई समातेर उसलाई प्याट-प्याट गर्दै बजाउन थाल्यो । त्यति नै खेर पानीमा एउटा ठूलो छप्लङ्ग भएको आवाज सुन्यो जसबाट मोगलीले बुझ्यो कि बघेरा जलाशय भित्र पस्यो जहाँ बाँदरहरूले उसको पिछा गर्न सक्दैनन् । बाँदरहरू जलाशयको रातो सिँढीहरूमा उभिएर रिसले उफ्री-पाप्री गरिरहेका थिए। यदि ऊ भालुलाई सघाउनका निम्ति बाहिर निस्कियो भने तिनीहरू सबै एकातिरबाट ऊमाथि जाइलाग्थे। निराश भएर बघेराले आफ्नो भिजेको च्यापू पानीबाट निकालेर साँपहरूलाई सङ्केत शब्द दिँदै रक्षाको याचना गस्यो, “हामी एउटै रगतको हौँ, तँ र म ।” उसलाई लाग्यो कि ‘का’-ले परेको समयमा धोका दियो। बघेराले साँपहरूसित मदतको गुहार लगाएको देखेर भालुलाई, जसको झण्डै आधा शरीरलाई नै कौसीक कुनामा बाँदरहरूले थिचिराखेका थिए, हाँसो नआई छोडेन।

‘का’ भर्खरै मात्र पश्चिम देवालमाथि चढ़ेको थियो अनि त्यहाँबा भित्र पस्न खोज्दा उसको धक्काले एउटा ठूलो ढुङ्गा उप्किएर तल खाल्डोम पुग्यो। उसको केही गज लामो शरीर सक्रिय छ कि छैन भनी बुझ्नला उसले एकदुई पटक गुजुल्टिएर पनि हेस्यो । त्यसबीच भालुक बाँदरहरूसितको सङ्घर्ष जारी रह्यो, बाँदरहरूले जलाशयमा भएको बघेराल चारैतिरबाट चुनौति दिइरहे अनि चमेराहरूले यस महायुद्धको खबर सम्पू जङ्गलभरि फैलाइदिए। यो खबर सुनेर जङ्गली हात्तीहरू पनि करा थाले। जङ्गलमा यताउता फैलिएका बाँदरहरूका झुण्ड पनि यो ख सुनेर निन्द्राबाट ब्यूँझिए अनि आफ्ना साथीहरूलाई सहायता पुस्या भनी रूखहरूका बाटा भई हाम फाल्दै चिसो गुफामा पुगे। युद्धको आवाज गर्दा यताउता टाढा-टाढासम्म भएका पक्षीहरू पनि निन्द्राबाट ब्यूिँ पुगेका थिए। त्यति नै खेर ‘का’ पनि छिट-छिटो गरी घसँदै त्यहाँ पुग्यो पनि शत्रुहरूको संहार गर्नका निम्ति आतुरिएको थियो। एउटा अजिङ्ग लड्ने शक्ति उसको टाउकोको हम्मर झैँ हिर्काइमाथि हुन्छ। एउटा चार फुट लामो अजिङ्गरले पनि यदि आफ्नो टाउकोले कुनै मान्छेको छा आफ्नो पूरा शक्ति लगाएर हिर्काए उसलाई लड़ाउन सक्छ। अझ ‘क तीस फुट लामो थियो। उसले सबैभन्दा पहिला भालुको चारैतिर जम्मा भाग्!” भएका बाँदरहरूको भीडलाई हिर्कायो । उसको एकै चोटमा बाँदरहरू छरप भई भाग्न थाले। तिनीहरू भाग्दै कराउँदै थिए, “का! यो त ‘का’ हो। ‘मा बाँदरहरूमा पुस्तौंअघिदेखि यस्तो प्रथा चलेर आएको थियो कि बूढ़ा-पाकाहरूले ‘का’ को डर देखाएर आफ्ना नरखटे बच्चाहरूलाई बाट ल्याउने गर्थे। त्यो ‘का’को, जसले राति चुपचापसित रूखमा चढेर बलि भन्दा बलियो बाँदरलाई उठाएर लैजान्थ्यो। रूखका हाँगाहरूमा झ्य उम्रदा जसरी कुनै आवाज हुँदैन उसरी नै ‘का’ सुल्केर हिँड्दा पनि क आवाज हँदैन । प्रयोजन परेको खण्डमा ऊ एउटा सुक्खा हाँगा मैं देखि सक्छ जसलाई देखेर एउटा चलाक भन्दा चलाक बाँदर पनि धोकामा सक्छ। त्यसको वास्तविकताको पत्तो त्यति बेला लाग्छ जति बेला सुक्खा हाँगालाई उसले लपेट्छ। ‘का’ को विषयमा यस्तो कथा यसैकार प्रचलित थियो कि बाँदरहरू ऊसित साह्रै नै डराउँथे। तिनीहरूमा उत्सा अनुहारसम्म हेर्ने आँट थिएन। उसको लपेट्याइमा परेर आजसम्म को पनि बाँचेका थिएनन् । यसैकारण ‘का’ लाई देख्नेबित्तिकै तिनीहरू आतडि भएर भकभकाउँदै घरहरूका देवाल अनि छानाहरूतिर भागे अनि भाल शान्तिको ठूलो श्वास फेस्यो। उसको शरीरका भुत्लाहरू बघेराको मन बाक्लो भए तापनि ऊ युद्धमा धेरै घाइते भइसकेको थियो।

अहिले ‘का’ ले पहिलोपटक आफ्नो मुख खोल्यो अनि जोड़न स्याँक्क गस्यो। उसको यस्तो आवाज सुनेर टाढा-टाढासम्मका बाँदरह जो उफ्रँदै र हाम फाल्दै चिसो खण्डहरको शहरतिर भाग्दै थिए, अ थर-थर काम्दै जो जहाँ थिए त्यही नै बस्न पुगे। यहाँसम्म कि तिनीहरू भारले रूखका हाँगाहरू पनि चट्याक-चुटुक गर्न थाले। रित्तो घर देवालहरूमा बसेका बाँदरहरू आतङ्कित भएर खाँबो झैँ स्थिर बन्न व्यस्तो सुनसान वातावरणमा मोगलीले बघेरा तलावदेखि निस्किएर आ भिजेको शरीर झट्‌कार्दा त्यहाँबाट पानी झरेको आवाज सुन्यो। एकछिन बाँदरहरूका हल्ला फेरि शुरू भयो । बाँदरहरू देवालमा अझ मास्तिर तिनीहरू त्यहाँ बनिएका ढुङ्गाका ठूल्ठूला मूर्तिहरूका गलामा अँगालो ह अनि देवालहरू चढेर चिच्याउँदै कराउन थाले। अर्कोतिर ग्रीष्म आवासको खण्डहरमा जीतको खुशीमा नाच्दै, उफ्रँदै गरेको मोगलीले जाली भएको देवालमा आँखा टाँसेर यी सबै हेस्यो अनि बाँदरहरूप्रति आफ्नो घृणा र तिरस्कार प्रकट गर्नुका निम्ति आफ्ना अघिल्ला दाँतहरूका भरमा लाटकोसेरोले झैँ सिटी बजाउन थाल्यो।

“मान्छेको बच्चालाई त्यो कैदबाट मुक्त गर, मबाट त अहिले केही पनि हुन सक्तैन”, बघेराले स्वाँ… स्वाँ… गर्दै भन्यो, “उसलाई लिएर हामी हिँडिहाल्नपर्छ। यी बाँदरहरूले फेरि पनि आक्रमण गर्न सक्छन् ।”

“मेरो हुकुमबिना यिनीहरू हल्लिन पनि सक्दैनन् । तिमीहरू जहाँ छौ, त्यहीं बस।” यति भनेर ‘का’ ले जोड़सित स्याक्क गस्यो अनि फेरि त्यहाँ शून्यता व्याप्त भयो। तैंले मलाई सहायताका निम्ति बोलाउँदै होलास् भन्ने त लाग्यो तर म छिटो गरी आउन सकिनँ उसले बघेरालाई सम्बोधन गर्दै भन्यो।”

“शायद मैले युद्धको जोशमा कराइपठाएँ होला”, बघेराले उत्तर दियो।

“भालु बाजे, के तिमीलाई साहै चोट लागेको छ?”

“यिनीहरूले मेरो शरीरलाई चिथोरी-चिथोरी सय टुक्रा पारिदिएको छ भनेजस्तै लाग्दैछ”, भालुले एक-एक गरी आफ्ना सबै खुट्टाहरू हल्लाउँदै भन्यो, “आय्या! साह्रै दुख्दैछ।” ‘का’ तेरै कारणले गर्दा आज बघेरा र मेरो प्राण बाँच्यो।”, भालुले केही गम्भीर हुँदै भन्यो।

“त्यस्तो कुनै कुरा होइन, त्यो मान्छेको बच्चा कहाँ छ?”

“म यहाँ फँसेको छु। बाहिर निस्किन सक्तिनँ”, मोगलीले कराएर भन्यो। उसको टाउको भाँचिएको गुम्बजभित्र पसेको थियो।

“यसलाई यहाँबाट लगिहाल। यो स्थिर भएर बस्न सक्तैन, मयुर झैँ नाचिरहन्छ। कतै हाम्रो बच्चालाई यसले कुल्चिदिन्छ कि !” भित्रबाट कोब्रा साँपहरूले भने।

‘वाह!” ‘का’ ले हाँसेर भन्यो, “मान्छेको बच्चाले सबै ठाउँमा नै साथीहरू बनाइहाल्छ। पछि सर मान्छेको बच्चा अनि विषालु नागहरू, तिमीहरू पनि लुक। म अब देवाल भत्काइरहेछु।”

‘का’ ले ध्यान लगाएर त्यो सङ्गमर्मरको जाली भएको देवाललाई हेर्न थाल्यो। अन्तमा उसले एक ठाउँ चर्किएको देख्यो । उसले आप टाउकोले त्यसमा हल्का थप्-थप हिर्काएर हेस्यो अनि फेरि प्रबल वेग आफ्नो शरीरलाई भुइँबाट छ फिट जति माथि उठाएर त्यही ठाउँमा आफ्न बलियो टाउकोले मार्तोलले झै छः पटक जति हिर्कायो। जाली भएक देवाल छेउछाउमा मैला र धुलो फैलाउँदै भाँचिएर भुइँमा थुप्रियो । मोगल त्यो बाटोबाट हाम फालेर बाहिर निस्कियो अनि ऊ भालु र बघेराको बीचम आई दुवैलाई आफ्नो एक-एक हातले अँगालो हाल्न पुग्यो।

“तँलाई चोट त लागेन?” भालुले उसलाई अँगाल्दै भन्यो।

“म थाकेको र भोकाएको छु अनि चोटहरू पनि कम्ती लागेको है तर तिमीहरूको त तिनीहरूले धेरै नराम्रो हालत बनाइदिएछन्। मेरा वाइस तिमीहरूको शरीरबाट कति साह्रो रगत बगिरहेछ।”

“रगत त उनीहरूको पनि बगेको छ”, बघेराले ओठ चाट्‌दै जलाशयर वरिपरि अनि कौसीहरूमा भएका बाँदरहरूका मृत शरीरलाई हेर्दै भन्दा “यदि तँ कुशल छस् भने यी कुराहरू त केही पनि होइनन्, एई मे प्यारो मोगली भ्यागुता!” भालुले प्यारो गर्दै भन्यो।

“यी सबै कुरोहरूका निर्णय पछि हुनेछ।” बघेराले रूखो स्वरल भन्यो, यस्तो रूखोपन मोगलीलाई मन परेन, “तर यहाँ हेर- ऊ ‘का’ जसको कारणले गर्दा हामीहरूले लड़ाइँ जित्यौं अनि तेरो प्राण बाँच्च हाम्रो नियमअनुसार तैंले उसलाई धन्यवाद दिनपर्छ, मोगली!”

मोगलीले टाउको घुमाएर हेर्दा देख्यो कि उसको टाउकोदेखि स फुट जति मास्तिर एउटा ठूलो अजिङ्गरको टाउको हल्लिरहेको थियो।

“यही नै हो मान्छेको बच्चा !” ‘का’ ले भन्यो, “उसको छाला एकदमै कमलो छ अनि यो बाँदरहरूभन्दा विशेष भिन्न पनि छैन। मान्छे बच्चा ! अलि सचेत भई बस्नू । काँचुली फेरेको बेलामा कुनै साँझ कतै के तँलाई भूल गरेर बाँदर ठानिपठाएँ भने।”

“हामी दुवैको रगत एउटै हो तेरो र मेरो”, मोगलीले भन्यो, आज तँबाट जीवन पाएको छु। यदि तँ कतै भोको रहिस भने मेरो शिक नरो शिकार हुनेछ, ‘का’!” 1

“धेरै-धेरै धन्यवाद, सानु भाइ’, ‘का’ ले भन्यो। उसको आँखा कौतूहलवश चम्किरहेथ्यो। उसले भन्यो, “लौ सुनौ त, हाम्रो यो बहादुर शिकारीले कुन जन्तुको शिकार गर्छ? यो म यसकारण सोधिरहेछु कि शिकार पाउने आशामा म पनि अर्कोपटक यसको पछि लाग्न सकूँ।”

“म केही पनि गर्दिनँ। अहिले म सानै छु। तर ज-जसलाई बाख्रा मन पर्छ, तिनीहरू भएतिर म बाख्राहरू हाँकेर ल्याउन सक्छु। जब कुनै दिन तेरो पेट खाली रहन्छ, त्यसदिन मेरो यस कुरा कतिसम्म साँचो रहेछ भन्ने कुरो बुझ्नेछस् ।” उसले आफ्ना हातहरू उठाएर देखाउँदै भन्यो, “मेरा यी हातहरूमा धेरै सीप छन्। यदि तँ कुनै जालमा परिस् भने हुनसक्छ म मेरा यी हातहरूका सहायताले तेरो, बघेराको अनि भालुको ऋणबाट मुक्त हुन सक्नेछु। तिमीहरू सबैको शिकार शुभ होस् ।”

“धेरै राम्रो!” भालुले खुशी हुँदै भन्यो, किनभने मोगलीले खूबै राम्रो ढङ्गमा आफ्नो कृतज्ञता प्रकट गरेको थियो। अजिङ्गरले एक मिनटका निम्ति आफ्नो टाउको मोगलीको काँधमाथि राखिदियो। “वाह ! वाह ! मनमा आँट अनि बोलीमा मिठास!” उसले भन्यो। “मान्छेको बच्चा ! तेरा यी दुवै गुणहरू जङ्गलमा धेरै काम लाग्नेछ तर अब तुरन्तै आफ्ना साथीहरूसिता यहाँबाट गइहाल्। गएर सुत् किनभने जून डुब्न लागिरहेछ अनि त्यसपछि जे पनि हुन्छ त्यो तैंले हेर्नु उचित हुन्न।”

जून पहाड़को पछिल्तिर डुबिरहेथ्यो अनि एकार्कासित टाँसिएर देवाल् औ गुम्बजहरूमा डरले काँप्दै बसिरहेका बाँदरहरूका पङ्क्तिहरू अग्ला होच छायाँहरू झैँ देखिँदै थियो। भालु जलाशयमा पानी पिउन गयो अनि बघेराव आफ्नो छालाको चिथोरिएर तानिएका भुत्लाहरू सम्याउन थाल्यो। त्यति खेर ‘का’ सुल्कँदै कौसीको माझमा आइपुग्यो र उसले आफ्ना बङ्गराक हाड़हरूलाई यति जोड़सित ठोक्यो कि त्यस आवाजले सबै बाँदरहरूक ध्यान ऊप्रति केन्द्रित भयो।

“जून डुबिरहेछ।” उसले भन्यो। “के अब यतिको उज्यालोमा राम्र देख्न सकिन्छ?”

रूखको टुप्पोमा चलेको हावा झैँ देवालहरूबाट बिलौना गरेको जस् आवाज आयो। “हामी देखिरहेछौँ ‘का’!”

“ठीक छ। त्यसो भए अब नाच शुरू हुनेछ- ‘का’ को क्षुधा नृत्य चुपचापसित बसेर हेर!”

उसले आफ्नो टाउकोलाई दाहिनेदेखि देब्रेतिर घुमाउँदै दुई-तीनपट दि गोलाइमा घुम्यो । त्यसपछि उसले आफ्नो शरीरलाई गोलो गोलो पा गुजुल्टायो अनि अङग्रेजीको अङ्क आठ (8) जस्तो पासो बनाउन थाल्यो उसले कहिले त्रिकोणको, कहिले चतुरकोणको, कहिले षष्ठकोण आका थि बनाउँथ्यो अनि कहिले गुजुल्टिएर थुम्का झैँ बन्न पुग्थ्यो अनि यसको साई मधुरो स्वरमा गुनगुनाउँथ्यो। अँध्यारो बढेर गहिरिँदै गयो अनि उसक घरीघरी बदलिरहने गुजुल्ट्याइहरू देखिन छाडियो तर उसको नाचम शरीरको साराकसुरूक भने बराबर सुनिँदै थियो।

भालु र बघेरा दुवै भित्रभित्रै घुर्दै ढुङ्गा झैँ उभिरहे। यो नाच देवक तिनीहरूका गर्दनको रौं ठाडो भयो। मोगलीले पनि अचम्म मानेर ‘का’-यस्तो विचित्र नाच हेरिरह्यो।

“एई बाँदरहरू हो ! के तिमीहरूले मेरो हुकुमबिना आफ्ना हातखुः चलाउन सक्छौ?” ‘का’ को आवाज सुनियो।

“हामी तिम्रो हुकुमबिना हातखुट्टा चलाउन सक्तैनौँ, ‘का’!”

“ठीक छ। अब एक कदम मतिर बढ़ेर आऊ।”

बाँदरहरूका पङ्क्ति विवश भएर मन्त्रमुग्ध हुँदै अघि बढेर आग अनि तिनीहरूसितै भालु र बघेरा पनि एक कदम अघि बढे ।

“अझै नजिक !” ‘का’ ले स्याँक गर्दै भन्यो, अनि तिनीहरू स अघि बढ़े।

मोगलीले भालु र बघेरालाई त्यहाँबाट हटाउनका निम्ति जा तिनीहरूका काँधमाथि हात राख्यो तब ती दुई हठात् यस्तो प्रकारले झस्कि मानो कुनै सपनाबाट ब्युँझिएका हुन् ।

“आफ्नो हात मेरो काँधबाट नहटाउनू”, बघेराले खुसुक्क भन्न “नत्र कतै म फेरि लट्टिएर ‘का’ भएतिर नै नजाऊँ – ओह!”

“यो त्यही बूढ़ो ‘का’ हो भन्ने कुरो किन भुलेको जो यसरी धूलो गुजुल्टिरहेछ। जे होस् अब हामी यहाँबाट जाऊँ।” अनि ती तीनैजना ए देवालको प्वालबाट निस्किएर जङ्गलतिर लागे।

“उफ्!” जङ्गलमा आफूले अघिदेखि चिनेको रूखमुन्तिर पुगेर भालुले भन्यो, “अब उप्रान्त म कहिल्यै पनि कुनै काममा ‘का’-को सहयोग लिने छुइनँ।” अनि उसले आफ्नो शरीरलाई माथिदेखि तलसम्म झट्कार्यो।

“त्यो हामीभन्दा धेरै बुझकी र बलियो छ।” बघेराले काम्दै भन्यो, “यदि म त्यहाँ बसेको भए त केही क्षणमा नै त्यसको घाँटीमुन्तिर पसिसक्ने थिएँ।”

“जून फेरि निस्कनभन्दा अघि नै कतिवटा बाँदरहरू त्यसको घाँटीमुन्तिर छिरिसक्छ होला।” भालुले भन्यो। “त्यसले आफ्नो यस्तो अनौठो ढङ्गमा खूबै जमिएर शिकार गर्नेछ।”

“तर यी सब कुराहरूका माने चैं के थियो ?” मोगलीले सोध्यो। उसलाई एउटा अजिङ्गरको सम्मोहन शक्तिको अनुमान थिएन। “मैले त खालि यत्ति नै देखें कि एउटा ठूलो साँप रात परूञ्जेलसम्म एउटा मूर्खले झैँ जमीनमा गोलो गोलो हुँदै घुमिरह्यो अनि त्यसको नाक त मज्जाले सुन्निएको थियो । हा! हा!”

“मोगली!” बघेराले रिसाउँदै भन्यो, “त्यसको नाक तेरै कारणले गर्दा सुन्निएको थियो – त्यसरी नै जसरी मेरा कानहरू, दुई छेउहरू औ पञ्जाहरू साथै भालुको गर्दन र काँधहरूमा चोट तेरै कारणले गर्दा लागेको हो। अब म र भालु दुवैले कति दिनसम्म सजिलैसित शिकार गर्न सक्ने छैनौँ।”

“यो त केही पनि हैन।”, भालुले भन्यो, “हाम्रो मान्छेको बच्चा हामीले फेरि पाएका छौं।”

“कुरा त ठीकै हो, तर यसमा जति समय नष्ट भयो त्यति समयभित्रम – हामीहरूले धेरै शिकार गर्न सक्नेथियौँ। अनि फेरि हामीहरूलाई यतिक चोट पनि त लाग्यो, हाम्रो छालाको कति भुत्ला उखेल्यो त्यसको त कुरा – छाड़। मेरो आधा ढाड़ नै नाङ्गो भएको छ। अनि इज्जत पनि त गयो। अनि इज्जत पनि त गयो।  मैले अर्थात् कालो चितुवाले, जसको जङ्गलमा ठूलो मान र इज्जत छ, लाच भएर त्यो ‘का’-सित सहायता माग्न जान पस्यो अनि त्यसले म र भालुल क्षुधा नृत्य गरेर यस्तो मूर्ख बनायो मानो हामी कुनै मसिनो चराचुरुङ्गी है मान्छेको बच्चा ! यी सबै तँ बाँदरहरूसित खेल्नको कारणले गर्दा भएको हो।”

“तेरो कुरा ठीक हो।”, मोगलीले दुःखी भएर भन्यो, “म एकदम नराम्रो मान्छेको बच्चा हूँ। अनि अहिले मेरो पेट पनि कुन्नि कस्तो उदासील फुलिएको छ।”

“उफ! यस्तो स्थितिमा जङ्गलको कानूनले के भन्छ, भालु?”

भालुले मोगलीलाई अरू दुःख दिन चाहँदैनथ्यो। तर कानूनको अवज्ञा पनि गर्न सक्तैनथ्यो। फतफताउँदै भन्यो- “खेद प्रकट गरेर मात्र सजाय टर्दैन। तर बघेरा यो कति सानो छ भन्ने कुरा पनि त सोच ।”

“म ध्यान राख्नेछ, तर भूल त यसले गरेको हो अनि यसले सजाय पनि भोग्नैपर्छ। मोगली तेरो केही भन्नु छ?”

“केही पनि छैन। मैले भूल गरेको छु, जसको कारणले गर्दा तैर भालु बाजे घाइते भएका छौ। तेरो कुरा ठीकै हो।”

बघेराले माया गरेर उसको ढाड़मा पाँच-छ पटक थपथपायो, जुन थपथपाइले उसको आफ्नै बच्चालाई पनि निन्द्राबाट ब्यूँझाउन पर्याप्त हुँदैनथ्यो, तर एउटा सात वर्षे मान्छेको बच्चाका निम्ति यो थपथपाइ असहनीय थियो। पिटाइ खाएपछि मोगलीलाई छिंक आयो अनि ऊ केही नबोली उठेर उभियो।

“अब उफ्रिएर मेरो ढाड़माथि बस्, सानो भाइ, हामी घरतिर लागौँ।”, बघेराले भन्यो।

जङ्गलको कानूनको सुन्दरता यही नै हो कि सजायले सबै कुराको छिनोफानो गर्छ। त्यसपछि कसैलाई कुनै किसिमको गुनासो रहँदैन।

बघेराको पिठ्यूँमा बसेको थकित मोगलीले उसको गर्दनमाथि टाउको अड्यायो अनि गहिरो निन्द्रामा डुब्यो। उसलाई बाबु ब्वाँसोको गुफामा पुस्याएर ढल्काउँदा पनि उसको निन्द्रा खुलेको थिएन।

बाँदरहरूको पथ गीत:

ईर्ष्यालु जूनको सेखीलाई झार्न

बढ्‌दैछौँ हामी पनि स्वाङ पार्न

नगर्नू आहिस उफ्रने हूलको

हात छ भनी मान्छेकै जस्तो

मुर्मुरिए पनि लाग्नेछ राम्रो

देख्यौँ के पुच्छर लत्रेको हाम्रो

हाँगा-हाँगामा लहरै बसी

सोच्दैछौँ कुरा जानेका जति

क्षणभरमै गरी सिध्याउने विचार

पारेर सबै सपना साकार

योजना हाम्रो कीर्ति फैलाउने

कल्पेकै भरमा महान् कहलाउने

बिर्सिए पनि विचार छ चाम्रो

देख्यौ के पुच्छर लत्रेको हाम्रो

हामीले सुनेका कुरा जति सबै

बोलेका हुन् चमेरा, पशु कि चराले कठै

छाला, पखेटा कत्ला प्वाँख

छिटो-छिटो भन सब एक साथ

सुन्दर अद्भुत फेरि दोहोरयाऊ

तब पो पाउँछौँ मान्छेको भाउ

स्वाङ पारे पनि छँदैछ थाङ्ग्रो

देख्यौँ के पुच्छर लत्रेको हाम्रो

धुप्पीको रूखमा बसेको हूलको

लहरमा उभ्न नमान झर्को

रकेटमा बसी उड्नेछौँ हामी

पुग्नेछौँ सबै चाँडै नै माथि

विचार हाम्रो लरतरो छैन

हल्लाकै भरमा बन्छौँ महान्

गरेर बस विश्वास हाम्रो

हुनेछन् कार्य सबै नै राम्रो

क्रमश:

(भानु छेत्रीको अनुवादमा रहेको विश्वप्रसिद्ध पुस्तक ‘जङ्गल बूक’ पुस्तकबाट)

साझा गर्नुहोस्:

लेखकको बारेमा

Sahityapost

Sahityapost — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम