Sahityapost
Nabil Bank

कविता : एउटा पृथ्वीको एकजना मानिस

डा. देवेन सापकोटा · पढ्ने समय: 1 मिनेट
कविता : एउटा पृथ्वीको एकजना मानिस

मध्यरातमा एक्कासि जीवित हुन्छन् एउटा पृथ्वीको एकजना मानिस ।

ब्युँझिएदेखि चराचुरुङ्गीको ब्रह्ममुहूर्तको स्वर सुन्नसम्म उनले विश्वका लागि मौन प्रार्थना गरिरहे ।

सुप्त सबै प्राणीप्रति उनलाई अकारण माया जाग्छ अनि ब्युँझिएपछि प्राणीहरूले गर्ने विभिन्न कर्म–आचरणहरू एक–एक गरेर उनका आँखामा तैरिन्छन् ।

मध्यरातको गहिरो अँध्यारोमा पनि उनका आँखाहरू चम्किन्छन् वरिपरिका घटनाहरू दृश्यमान हुन्छन् ।

दृश्यमान चित्रहरूले बिस्तारै बोल्न थाल्छन् केही समय कुरा सुनेपछि उनी बिस्तारै ओछ्यानबाट ओर्लेर प्रातः भ्रमणमा निस्कन्छन् ।

प्रात भ्रमणको बेलामा उनी मानवताको जयगान गाउँछन् पृथ्वीका पहरेदार रूखहरूले कान थापेर सुन्छन् खुट्टाभित्र मुख लुकाई सुतिरहेका भुस्याहा कुकुरहरूले पनि चिच्याएर जवाफ दिँदैनन् । झुल्के ताराले साक्षी बनेर मानवदयालु मानिसलाई साथ दिन्छन् ।

सूरज उदाएसँगै उनी जन–जङ्गलमा अदृश्य हुन्छन् । कसैलाई थाहा हुँदैन, कसैले देख्दैन एउटा पृथ्वीको एकजना मानिसलाई ।

मूल असमिया पर्या-कविता: गुण मरान अनुवाद: डा. देवेन सापकोटा

साझा गर्नुहोस्:

लेखकको बारेमा

डा. देवेन सापकोटा

डा. देवेन सापकोटा — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम